ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नालाले पानीको बहाब लिन नसक्दा जनकपुरको अधिकांस क्षेत्र डुबानमा (फोटो फिचर सहित )


एबीसी न्यूज
२७ असार २०७६, शुक्रबार   १२ : ४४   बजे

 

जनकपुरधाम २७ असार ।  बुधबार रातिदेखिनै निरन्तर रुपमा परेको अबिरल बर्षाले जनकपुरको अधिकांस क्षेत्र जलमग्न भएको छ ।

प्रदेश नं. २ को अस्थायी राजधानी एवम् धनुषा जिल्लाको सदरमुकाम जनकपुरमा नालाले पानीको बहाब लिन नसक्दा जनकपुरको अधिकांस क्षेत्र डुबानमा परको छ। अबिरल वर्षाका कारण सडक सहित अधिकांस सरकारी कार्यालयहरु समेत डुबानमा परेको छ । केहि दिन अघि सहरि बिकास योजना अन्तरगत निर्माण भएको बाटोको नाला मापदण्ड बिपरित रहेको हुनाले सडकमा पानी जमेको स्थानियले बताए । जनकपुर उद्योग वञिज्यसंघका महासचिब जितेन्द्र महासेठले तीन देखि परेको अबिरल बर्षाले व्यपारमा लाखौको घाटा भएको बताए । उनले जनकपुरउपमहानगरपालिका भानु चौक स्थित एक पसलमा पानी पस्दा करिब पाँचलाख बराबरको छति भएको बताए ।

आपतकालिन अवस्था आउनुअघि जनकपुरधाम उपमहानगरपालिका लगायत सम्बन्धित निकायहरु कानमा तेल हालेर सुतेका हुन्छन् भने पानी परि सक्दा भोजको बेला फर्सि रोपेभैm सस्तो लोकप्रियता कमाउन बाटोमा आउने गरेको महासेठले बताए । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलले तीनदिन देखि परेको अबिरल बर्षाले सहरि क्षेत्र सहित रानिबास क्षेत्र डुबानमा परेकोले एलर्ट साइन देखाएको बताए । अबिरल बर्षाका कारण सरकारी कार्यालयहरु समेत डुबानमा परेको जनाउँदै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा पानी निकासको कार्य जारी रहेको कणेलले बताए ।

 

अबिरल बर्षका कारण जनकपुरको भानुचोक, रामानन्द चोक, कदमचोक, बाह्रविघा मैदान, अञ्चल प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय समेत जलमग्न भएको छ । अबिरल बर्षाका कारण विभिन्न ठाउँ डुबानमा परेको तथा जनजीवन प्रभावित भएपनि अहिलेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जनाए । उनका अनुसार, जिल्लाको अवस्था अहिले समान्य रहेको छ भने कमला नदी छेउका ग्रामिण भेकमा भने सुरक्षाकर्मीद्धारा सतर्क रहन सर्वसाधारणहरुमा सूचना प्रवाह गरिएको हो । धनुषा र सिरहा जोडने कमला नदीमा पनि पानीको बहाब बढदै गएको जनाइएको छ । अबिरल बर्षाका कारण एकातर्फ जनजीवन प्रभावित भएको छ भने अर्का तर्फ कृषक किसानलाई भने फाईदा पुगेको देखिएको छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group