ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको ठूलो जित, सीमा पर्खालका लागि दुई अर्ब ५० करोड खर्च गर्न सर्वोच्चको स्वीकृति


एबीसी न्यूज
११ श्रावण २०७६, शनिबार   ५ : ०१   बजे

काठमाडौं, ११ साउन । अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि दुई अर्ब ५० करोड अमेरिकी डलर प्रयोग गर्न पाउने फैसला गरेको छ ।

सीमाको केही क्षेत्रमा पर्खाल बनाउनका लागि रक्षा मन्त्रालय पेन्टागनबाट सो रकम प्रयोग गर्ने राष्ट्रपति ट्रम्पले तयारी थालेका थिए । त्यसविरुद्ध परेको उजुरीमा सर्वोच्चले राष्ट्रपति ट्रम्पको पक्षमा फैसला गरेको हो । क्यालिफोर्नियाको संघीय अदालतले ट्रम्पले देशको दक्षिणी क्षेत्रमा सीमा पर्खाल बनाउनका लागि पेन्टागनको रकम खर्चिन नपाउने फैसला गरेको थियो ।

तर, सर्वोच्च अदालतले क्यालिफोर्निया अदालतको फैसलाको विपक्षमा आफ्नो निर्णय सुनाएको छ । सर्वोच्चमा ट्रम्पको पक्षमा पाँच तथा विपक्षमा चार मत भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पले सन् २०१६ मा चुनावी अभियानका क्रममा व्यक्त गरेको प्रमुख प्रतिबद्धतामा मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउने वाचा गरेका थिए । तर, विपक्षी डेमोक्र्याटहरुले भने पर्खाल योजनाको विरोध गर्दै आएका छन् । विपक्षी बहुल कंग्रेसमा अवरोध भएपछि ट्रम्पले पेन्टागनको रकम पर्खाल निर्माणका लागि प्रयोग गर्ने घोषणा गरेका थिए ।

सर्वोच्चको फैसलासँगै अब पेन्टागनको दुई अर्ब ५० करोड अमेरिकी डलर क्यालिफोर्निया, एरिजोना र न्युमेक्सिकोमा सीमा पर्खाल बनाउनका लागि प्रयोग हुनेछ । ट्रम्पले सर्वोच्चको फैसलालाई आफ्नो ठूलो विजयका रुपमा परिभाषित गरेका छन् । ट्रम्पले अमेरिकाको सुरक्षाका लागि आप्रवासीको अवैध प्रवेशमा रोक लगाउनु पर्ने बताउँदै आएका छन् । उनी आप्रवासीप्रति सुरुदेखि नै कठोर छन् । अमेरिकामा हालै तत्काल डिपोर्ट गर्न मिल्ने नियम पनि लागु भएको छ । यस्तै शुक्रबार अमेरिका र ग्वाटेमालाबिच एक सम्झौतामा हस्ताक्षर भएको छ । जस अनुसार होण्डुरस तथा एल साल्भाडोरका आप्रवासीहरुले सीधै अमेरिका प्रवेशको साटो सुरुमा ग्वाटेमालामा आश्रयको खोजी गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group