काठमाडौं, १४ साउन । काठमाडौको कलंकी मन्दिर नजिकै पूर्वउपसचिव विष्णु प्रसाद शर्माको घरमा गोली प्रहार भएको छ । घरमै बसिरहेका बेला गएराति शर्माकी छोरीलाई लक्षित गरी गोली प्रहार भएको प्रहरीले जानकारी दिएको छ । यद्यपी गोली उनलाई भने नलागेको बताइएको छ ।
कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको शर्माको तीनतले घरको दोस्रो तलामा १९ वर्षीया छोरी अध्ययन गरिरहेकी थिइन् । त्यहीबेला झ्यालको जालीबाट गोली पसेको देखिन्छ’, उहाले भन्नुभयो, ‘गोली नै प्रहार गर्ने नियतबाट भएको हो कि होइन अनुसन्धान हुँदैछ ।’बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि उनीमाथि भने नलागेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले शर्माकी १९ वर्षिय छोरीलाई लक्षित गरी गोली प्रहार भएको देखिएको बताउनु भयो । उनले कोठाबाट एक राउण्ड सानो गोली बरामद भएको छ । घटनाको बारेमा महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ। एक प्रहरी अधिकारीले भने घटनामा इन्सास राइफलको गोली प्रयोग भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्