ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको टेक्सासमा नरसंहार, गोलीकान्डमा २० मारिए,अमेरिकाको फेरि गोली चल्यो


एबीसी न्यूज
१९ श्रावण २०७६, आइतबार   २ : २९   बजे

एल पासो, टेक्सास, १९ साउन । अमेरिकाको टेक्सास राज्यको एल पासोस्थित एक व्यस्त वाल्मार्ट सपिङ मलमा एक युवाले चलाएको गोली लागेर २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त गोलीकान्डमा अरु २६ जना सख्त घाइते भएका छन् ।
गोली चलेका बखत उक्त सपिङ मलमा अन्दाजी तीन हजार मानिस भेला भएका थिए । नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा आफ्ना स्कुले केटाकेटी लिएर शनिबार ठूलो संख्यामा अभिभावकहरु मलमा जम्मा भएका थिए । प्रहरीले गोली चलाउने संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । ती व्यक्तिले घटना हुनुअघि फेसबुकमा राखेको सन्देशमा आफूलाई आप्रवासी अमेरिकीप्रति घृणा रहेको बताएका थिए । एस पासोका प्रहरी प्रमुख ग्रेग अलेनले वाल्मार्ट बाहिर ती संदिग्ध व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको बताउनुभयो । मेक्सिको सीमाबाट करिब ८ किलोमिटर भित्र उक्त वाल्मार्टको सपिङ मल रहेको थियो । एसोसिएटेड प्रेससँग कुरा गर्दै स्थानीय अधिकारीहरुले गोली चलाउने व्यक्ति २१ वर्षीय प्याट्रिक क्रुसिएस रहेको बताएका छन् ।
तर एल पासो प्रहरीले ती व्यक्तिको नाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन । उनी अर्को अमेरिकी राज्य डल्लासबाट त्यहाँ आएको बताइएको छ । प्रहरीका अनुसार वाल्मार्टभित्र रहेका व्यक्तिहरु सबैभन्दा बढी पीडित भएका छन् । प्रहरी प्रमुख अलेनले भन्नुभयो, “यहाँको दृश्य अति नै भयावह छ ।” उहाँले गोली लागेका अरु २६ जनाको स्वास्थ्य अवस्था पनि निकै गम्भीर रहेको जानकारी दिनुभयो । प्रहरीले घाइतेहरुका लागि रगतको अभाव रहेको सूचना सार्वजनिक गर्नु परेको थियो । प्रहरी र सेनाले तनाबमा रहेका नागरिकलाई सान्त्वना दिन प्रयास गरेका थिए । “अहिले यहाँको वातावरण आतंकित गर्ने किसिमको छ,” सैनिक स्वास्थ्यकर्मी अस्टिन जोन्सनले बताउनुभयो । वाल्मार्टको महिलाको लत्ताकपडा किन्ने ठाउँमा दुई बच्चासँग रहेकी ३९ वर्षीया एड्रियाना क्वुजेदाले भन्नुभयो, “निरन्तर हिर्काएको आवाज आइरहेको थियो, मानौं कुनै निर्माणको कार्य भइरहेको थियो ।” उहाँका १९ वर्षीया छोरी र १६ वर्षीय छोरा दुबै जना भुइँमा सुतेका थिए । त्यसपछि उनीहरु दुबै आपतकालीन ढोकाबाट बाहिर भागेका थिए । क्वुजेदाले भन्नुभयो, भाग्यवश दुबै जना सकुशल बाहिर निस्किए ।
उहाँले कालो कपडा लगाएका चार व्यक्तिले जथाभावी गोली चलाएको बताउनुभयो । तर प्रहरीले घटनामा एक व्यक्ति मात्र रहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भगवान तपाइँहरुको साथमा हुनुहुन्छ भन्नुभएको छ । घटनाप्रति डेमोक्र्याट पार्टीका सबैजसो नेताहरुले एल पासो गोलीकान्ड अमेरिकी इतिहासकै कालोधब्बा भन्दै अमेरिकी बन्दुक कानुनमा तत्काल संशोधन गर्नुपर्ने आवाज उठाएका छन् । एल पासोका मेयर डी मार्गोले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताउनुभएको छ ।
संदिग्ध व्यक्ति क्रुसियसले फेसबुकमा लेखेको भनिएको सन्देशको पनि छानबिन भइरहेको मेयर मार्गोले जानकारी दिनुभयो । उक्त सन्देशमा हिस्पानिक समुदायका व्यक्तिहरु अमेरिकामा ठूलो संख्यामा आप्रवासीका रुपमा प्रवेश गरेकोप्रति रोष प्रकट गरिएको छ । सन्देशमा हिस्पानिक समुदायका कारण आगामी राष्ट्रपतीय चुनावमा टेक्सास राज्य डेमोक्र्याट पार्टीको पोल्टामा पुग्ने पनि जनाइएको छ । सन् २००६ यता ११ पटक ठूलो जनसमुदायमाथि बन्दुक आक्रमण भएको छ । यी घटनामा संलग्न व्यक्तिहरु प्रायः २१ वर्षको हाराहारीका रहेका छन् । सन् २०१९ मा मात्र भिडभाड स्थलमा भएका आक्रमणबाट ९६ जनाको ज्यान गइसकेको छ । एक साताभित्रै अमेरिकामा भएको यो दोस्रो गोलीकान्ड हो । यसै साता गिलरोए गार्लिक मेलामा एक १९ वर्षीय युवाले जथाभावी गोली चलाउँदा तीन जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए ।

अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, नौ जनाको मृत्यु

वासिङ्टन, १९ साउन (रासस-एएफपी) – अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ । गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ । अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो । ––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group