ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको संविधानको धारा ३५ ’ए’ अन्तर्गत जम्मू कश्मिरले पाएको विशेष अधिकार खारेजी


एबीसी न्यूज
२० श्रावण २०७६, सोमबार   १२ : २४   बजे

काठमाडौं, २० साउन । भारतको जम्मू कश्मिरमा केन्द्र सरकारले धारा १४४ लागू गर्दै धेरै स्थानमा कर्फ्यु लगाउनुका साथै मानिसहरुलाई स्वतन्त्र रुपमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । आइतबार बिहानै कश्मिरमा रहेका पर्यटक र अमरनाथ यात्रामा गएका तीर्थालुहरुलाई फर्कन एडभाइजरी जारी गरेको केन्द्र सरकारले मध्यरातमा जम्मू कश्मिरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला र महबुबा मुफ्तीलाई घरमै नजरबन्द गरिएको छ । उनीहरुसँगै जम्मू कश्मिर पिपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई समेत नजरबन्दमा राखिएको छ ।

अहिले केहीबेरमा नै भारतको केन्द्र सरकारको आकस्मिक बैठकबाट भारतको संविधानको धारा ३५ ’ए’ अन्तर्गत जम्मू कश्मिरले पाएको विशेष अधिकार खारेजी गर्ने प्रस्ताव संसदमा पेश गरिएको छ । यस्तै, धारा ३७० अन्तर्गत कश्मिरले स्वायत्त राज्यका रुपमा पाएको विशेष दर्जा पनि खारेज गर्ने तयारी गरिरहेको बताइएको छ ।

धारा ३५ ए अन्तर्गत जम्मू कश्मिरलाई विशेष अधिकारहरु दिइएका छन् । सन् १९५४ को राष्ट्रपतिको आदेशबाट लागू भएको सो धारा अनुसार कश्मिर बाहिरका मानिसहरुले त्यहाँको जग्गा किन्न नपाउने व्यवस्था रहेको छ । सो धारा अन्तर्गत रहेको स्थायी बसोवास कानुनमा कश्मिरकी महिलाले कश्मिर बाहिरका मानिससँग विवाह गरेमा उनीहरुको त्यहाँको जमिनमा केही अधिकार नहुने व्यवस्था गरिएको छ ।

यद्यपि, अदालतले भने त्यस्तो व्यवस्था लागू हुन सक्ने फैसला गरेको थियो । मोदी सरकारले धारा ३५ ’ए’ लाई कार्यकारी अधिकार प्रयोग गरि हटाउन सक्ने छ । त्यसका लागि राष्ट्रपतिको स्वीकृति आवश्यक रहन्छ । धारा ३७० ले कश्मिरलाई दिएको स्वायत्त अधिकार खारेज गर्न भने लोकसभा र राज्य सभाबाट पारित गराउनु पर्नेछ । हाल श्रीनगरमा धारा १४४ लागू गरिएको छ भने जम्मूमा कफर्यु लगाइएको छ ।

धारा १४४ लागू भएसँगै श्रीनगरमा कोही पनि व्यक्तिले आवतजावत गर्न पाउने छैनन् । हाल जम्मू कश्मिरमा रहेका सबै शैक्षिक संस्था र कार्यालयहरु बन्द गरिएको छ ।

यस्तै मोबाइल र इन्टरनेट सेवा समेत बन्द गरिएको छ । त्यहाँ पहिलो पटक ल्यान्ड लाइन सुविधा समेत बन्द गरिएको छ । कश्मिरको विशेष अधिकार कटौतीसँग हुन सक्ने आन्दोलनलाई लक्षित गर्दै कश्मिरभरी हजारौं संख्यामा सेना परिचालन गरिएको छ भने वायु सेनालाई पनि तयारी अवस्थामा राखिएको छ । कश्मिरमा मात्रै नभएर अन्य राज्यमा समेत सुरक्षा सतर्कता अपनाउन केन्द्र सरकारले एडभाइजरी जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu