ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कश्मीर तनावपछि इमरान खानले भारतलाई चुनौती दिंदै भने ‘नयाँ संकट पैदा हुनसक्छ’


एबीसी न्यूज
२० श्रावण २०७६, सोमबार   २ : ४०   बजे

काठमाडौं, २० साउन । कश्मिर मुद्दालाई लिएर भारतको जनमत बिभाजित भइरहेको छ । जनमत बिभाजित भइरहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मिरमा नयाँ संकट उत्पन्न हुने चेतावनी दिएका छन् । उनले जम्मु कश्मिरमा भारतले ७० वर्ष देखि अत्याचार गरीरहेको बताएका छन् । उनले यहि बेलामा जम्मु कस्मिरलाई भारतको अत्याचारबाट मुक्त गर्नुपर्ने बताएका छन् ।

सीमा क्षेत्रमा तनाव भइरहेका बेला सरकार र सेनाको संयुक्त बैठक राखेका इमरानले समस्या सुल्झाउने कोशिष गरेका छन् । सो केशिष पछि सामाजिक सञ्जाल मार्फत उनले आफ्नो प्रतिकृया सार्वजनिक गरेका हुन् । त्यसलगत्तै लगातार तीनवटा ट्वीट गरेर कश्मिर मामिलामा अमेरिकी मध्यस्थता आवश्यक रहेकोसमेत बताएका छन् । उनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको समेत ध्यानाकर्षण गराएका छन् । पाकिस्तानले भारतमाथि नियन्त्रण रेखा पारी क्लस्टर बम प्रयोग गरेको आरोप पनि लगाएको छ जसलाई भारतले खारेज गरेको छ ।

इमरान खानले भारतले नियन्त्रित रेखा पारी नागरिकलाई निशाना बनाएर हमला गरिरहेको आरोप लगाएका छन् । एक ट्वीटमा इमरान खानले भने, ‘म भारतको तर्फबाट नियन्त्रण रेखा पारी निर्दोष नागरिकमाथि हमला र क्लस्टर बमको प्रयोगको आलोचना गर्छु । यो मानवीय कानून र भारतको सन् १९८३ को पारम्परिक हतियारमाथि कन्भेन्सनको प्रतिबद्धताको उल्लंघन हो ।’उनले भने, ‘संयुक्त राष्ट्र सुरक्षा परिषदले शान्ति र सुरक्षाका लागि यो अन्तरराष्ट्रिय खतराबारे जानकारी लिनुपर्छ ।’

अर्को एउटा ट्वीटमा इमरान खानले भने, ‘कब्जा गरिएको कश्मिरमा बसिरहेका मानिसहरुको पीडाको त्यो अत्यास लाग्दो लामो रातलाई अन्त्य गर्ने बेला आएको छ । उनीहरुलाई संयुक्त राष्ट्र सुरक्षा परिषदको सम्झौता अनुसार आफ्नो भाग्य स्वयं छान्ने अधिकारको प्रयोग गर्न दिनुपर्छ ।’ उनले भने, ‘कश्मिरको शान्तिपूर्ण र न्यायपूर्ण समाधानले नै दक्षिण एशियामा शान्ति र सुरक्षाको मार्ग प्रशस्त हुन्छ ।’

कश्मिर विवादका कारण ७० वर्षदेखि तनावग्रस्त रहेको भारत पाकिस्तान सम्बन्ध पछिल्ला घटनाक्रमले थप चिसिएको छ । राष्ट्रसंघीय वार्षिक महासभाको पूर्वसन्ध्यामा पाकिस्तानी प्रधानमन्त्रीले अब जम्मु कश्मिरलाई स्वतन्त्र बनाउने समय आएको टिप्पणी गरेका छन् । इमरानले भनेका छन्, भारतको कब्जामा रहेको कश्मिरमा बसिरहेका जनताको पीडाको लामो रात अब खत्तम गर्ने समय आएको छ । संयुक्त राष्ट्र सुरक्षा परिषदको सम्झौता अनुरुप आफ्नो भाग्य आफैं चुन्ने अधिकार उनीहरुलाई दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu