ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानलाई कूटनीतिक कदम पुनर्विचार गर्न भारतको आग्रह


एबीसी न्यूज
२४ श्रावण २०७६, शुक्रबार   १ : २५   बजे

 

काठमाडौँ , २४ साउन । भारतले पाकिस्तानलाई नयाँ दिल्लीसँग कूटनीतिक सम्बन्ध सीमित र व्यापारिक कारोबार अन्त्य गर्ने निर्णयमाथि खेद व्यक्त गर्दै पुनर्विचार गर्न आग्रह गरेको छ ।

पाकिस्तानले चालेको कदम वास्तविकतासंग मेल नखाने पनि भारत सरकारले भनेको छ । जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७० को खारेजीपछि पाकिस्तानले पनि भारतसँगको कूटनीतिक सम्बन्ध सीमित गर्ने निर्णय गरेको थियो । भारतसँगको व्यपारिक सम्बन्ध तत्काललाई निलम्बन गर्ने निर्णय पनि पाकिस्तानले गरेको थियो । पाकिस्तानी कदमप्रति प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयले, ‘पाकिस्तानले गरेको निर्णयप्रति भारत सरकारले खेद व्यक्त गरेको बताएको छ ।

भारतले पाकिस्तानको निर्णयमाथि पुनर्विचार गर्न अपिल गर्दै कूटनीतिक सम्पर्क चाहेको बताएको छ । जम्मू–कश्मीरको विकासका लागि भारत सरकारले धारा ३७० को खारेजी गरेको प्रष्टीकरण पनि दिएको छ । भारतले आफ्नो पछिल्लो कदम आन्तरिक मामिला भैरहेको बताउँदा संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगले भने कश्मीरमा मानव अधिकार हनन भएको जनाएको छ । कश्मीरमा केही दिनदेखि सञ्चार सेवा बन्द गराइएको छ । कफ्र्यु लगाइएको छ भने केही स्थानीय नेता नजरबन्दमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu