ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कास्कीमा ३१ मतदान केन्द्र थपिए


admin
१२ कार्तिक २०७४, आइतबार   १ : ५८   बजे

पोखरा, १२ कात्तिक ।  मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ३१ मतदान केन्द्र थपिएका छन् ।

गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा २८८ मतदान केन्द्र कायम गरिएकामा अहिले ३१९ पु¥याइएका क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

पोखरा–लेखनाथ महानगरपालिकामा सबैभन्दा बढी २१ मतदान केन्द्र थप गरिएको छ । स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा २१० केन्द्र रहेकामा अहिले बढाएर २३१ कायम गरिएको छ ।

अन्नपूर्ण गापामा २३, माछापुच्छ«े गापामा २३, मादी गापामा २५ र रुपा गापामा १७ मतदान कायम गरिएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिनुभयो ।

ती गापामा क्रमशः २, २, ४ र २ मतदान केन्द्र थप गरिएका छन् ।
गत साउन १ देखि भदौ ३ गतेसम्म जिल्लामा सञ्चालन गरिएको तस्वीरसहितको थप मतदाता नामावली संकलनमा जिल्लाभरबाट ३० हजार ६४१ मतदाता थपिएका थिए ।

गएको असार मसान्तसम्म जिल्लामा दुई लाख २४ हजार ८११ मतदाता कायम रहेकामा अहिले मतदाता संख्या दुई लाख ५५ हजार ४५२ पुगेको छ । यसमा पुरुष एक लाख १९ हजार २९४, महिला एक लाख ३६ हजार १५४ र तेस्रो लिंगी चारजना छन् ।

प्रतिनिधि सभा क्षेत्र नं १ मा ९६ हजार ८४, क्षेत्र नं २ मा ७० हजार ६५१ र क्षेत्र नं. ३ मा ८८ हजार ७१७ मतदाता छन् । प्रदेश क्षेत्र नं १ (क) मा ५० हजार २८९, (ख) मा ४५ हजार ७९५, प्रदेश नं २ (क) मा ३७ हजार ६४३, (ख) मा ३३ हजार ८, प्रदेश नं ३ (क) मा ४६ हजार २५२ र (ख) मा ४२ हजार ४६५ मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक महानगर र चार गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group