ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा सचिवालयमा तत्काल सदस्य थपिँदैन– माधवकुमार नेपाल


एबीसी न्यूज
५ भदौ २०७६, बिहिबार   २ : ०९   बजे

काठमाडौं, ५  भदौ  । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा मा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ ।

यही भदौ १ गतेको सचिवालय बैठकमा वरियतामा छलफल हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन नेकपा ९एमाले० मा रहेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा थप गरिनुपर्ने प्रस्ताव राख्नुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न सचिवालय बैठकपछि पत्रकारको जिज्ञासामा सचिवालय सदस्य वामदेव गौतमले भन्नुभयो, “सचिवालयमा सदस्य थप्ने अहिले सोचाइ छैन र पार्टीमा कुनै त्यस्तो विवादको अवस्था छैन । पार्टीमा पूर्व एमाले र पूर्व माओवादीको गुट छैन, नेकपाको एउटै गुट छ ।”

भदौ १ गतेकै बैठकले अध्यक्षद्वयपछिको पहिलो वरिष्ठ नेतामा भलनाथ खनाल र त्यसपछिको वरिष्ठमा नेता नेपाल रहने निर्णय गरेको थियो । त्यसअघि नेता नेपाल वरिष्ठतामा भने पहिलो वरियतामा हुनुहुन्थ्यो । नेता खनालले तत्कालीन एमालेमा आफू निवर्तमान अध्यक्षका हैसियतमा पहिलो वरिष्ठ नेताका रुपमा रहेकाले एकीकरणपछि पनि सोही वरियता हुनुपर्ने माग गर्दै आउनुभएको थियो ।

हाल नेकपामा तत्कालीन एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु खनाल, नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल तथा तत्कालीन नेकपा ९माओवादी केन्द्र० बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासहित नौ सदस्यीय सचिवालय छ । तत्कालीन एमालेमा रहेका उपाध्यक्षमध्ये गौतम मात्र र उपमहासचिव रहेका पौडेल एकतापछिको सचिवालयमा पर्नु तर अन्य उपाध्यक्ष नपर्नुले पूर्ववत् वरियताको स्पष्ट मापदण्ड नभएको नेता नेपालको जिकिर छ ।

सचिवालय बैठकले पार्टीको विभिन्न जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीका इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको थियो । वरिष्ठ नेताको वरियता हेरफर र ती निर्णयमा नेता नेपालले सात बुँदे ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको थियो । उहाँले पार्टीमा एक पद, एक जिम्मेवारीका लागि पनि वकालत गर्दै आउनुभएको छ ।

पार्टीका प्रवक्ता श्रेष्ठले पनि नेता नेपालको फरक मत हाल प्रस्तावका रुपमा बैठकमा छलफल नहुने स्पष्ट गरिसक्नुभएको छ । अध्यक्ष एवं प्रधानमन्त्री ओली स्वास्थ्योपचारका लागि आज सिङ्गापुर जानुहुने भएकाले अध्यक्ष प्रचण्डको अध्यक्षतामा चाँडै बस्ने सचिवलाय बैठकले साङ्गठनिक एकताका बाँकी कामबारे निर्णय गर्ने आजको सचिवालय बैठकमा समझदारी भएको छ । एकीकरणले पूर्णता नपाउँदा कार्यकर्तामा निराशा र आशङ्का अन्त्य भएको छैन भने सरकार र पार्टीबीचको समन्वयमा पनि बेलाबखत विवाद उत्पन्न हुँदै आएको छ ।

नेता गौतमले एकतापछि केन्द्रीय विभाग गठन भएकाले अब अन्य साङ्गठनिक कामले पनि गति लिने जनाउनुभयो । उहाँले आफूलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान संशोधनपछि मात्र कार्यान्वयनमा आउने स्पष्ट गर्नुभयो । गत साउन ३१ गतेको सचिवालय बैठकले गौतमलाई पार्टीमा उपाध्यक्ष बनाउन स्थायी कमिटीमा प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

‘यो निर्णयले तपाईं पार्टीमा पुनःशक्तिशाली बन्नुभएको भनिन्छ नि’ भन्ने पत्रकारको प्रश्नमा नेता गौतमको जवाफ थियो, “त्यस्तो होइन, म हिजो जे थिएँ, आज पनि त्यहीँ छु । मेरो भूमिका उही रहनेछ ।” पार्टी एकताका लागि निर्णायक भूमिका खेल्नुभएका गौतम केन्द्रीय सङ्गठन विभागको प्रमुख र अखिल नेपाल किसान महासङ्घको इञ्चार्ज पनि हुनुहुन्छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो । एकतापछि अध्यक्ष दुई, एक महासचिव र अन्य नेता सचिवालय सदस्य रहने गरी अन्तरिम विधान जारी गरिएको थियो । पार्टीले ‘जनताको बहुदलीय जनवाद’ र एक्काइसौँ शताब्दीको जनवाद’लाई थाँती राखी तत्कालका लागि ‘जनताको जनवाद’ को विचारलाई मार्गदर्शक मान्ने र दीर्घकालीनरुपमा वैज्ञानिक समावादमा पुग्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न बिप्लव हमालद्वारा १ लाख १ हजार १११ रुपैयाँ सहयोग

संघको विवादमा पब्जी खेलाडी, एसियाड खेल्ने अवसर गुम्ने जोखिम

सम्बन्धित

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

फर्पिङ चेकपोस्टबाट ५.२६ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई पक्राउ

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

रसुवा–भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu