ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको एक मन्दिरमा भागदौड हुदा चार जनाको मृत्यु, कैयौँ घाइते


एबीसी न्यूज
६ भदौ २०७६, शुक्रबार   ३ : ३४   बजे

काठमाडौं,६ भदौ  । पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार जनाको ज्यान गएको बताइएको छ । सो भागदौडमा परी अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । शुक्रबार कृष्णाष्टमीको अवसरमा पूजाआजा गर्न गएका हिन्दू तीर्थालुहरुबीच सो भागदौड भएको बताइएको छ ।

उत्तरी पारागन जिल्लामा रहेको भगवान श्रीकृष्णको मन्दिर ‘काछु’ मन्दिरमा भएको भागदौडमा ती व्यक्तिको ज्यान गएको समाचारमा जनाइएको छ । उक्त मन्दिर परिसरमा रहेको पर्खाल अकस्मात भत्किएपछि पूजा आराधनाका लागि ठूलो संख्यामा उपस्थित ती तीर्थालुबीच भागदौड मच्चिएको थियो ।

उक्त दुर्घटनामा परी घाइते भएकाहरुलाई नजिकैको अस्पताल पु¥याइएको छ । घाइते के कतिजना छन् भन्ने बारेमा पूर्ण विवरण आएको छैन । कृष्णाष्टमी पर्व हिन्दू धर्मावलम्बीहरुले भगवान श्रीकृष्णको जन्म दिनको रुपमा उनको पूजा आराधना गरी भव्य रुपमा मनाउने गर्दछन् । भारतमा हिन्दू धर्मावलम्बीहरु विभिन्न तीर्थस्थलमा भीड लाग्ने र भागदौडबाट कैयौँ नागरिकको ज्यान जाने गरेका समाचारहरु आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

रुसका सैन्य र ऊर्जा पूर्वाधारमा युक्रेनको लामो दूरीको आक्रमण, ८ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu