काठमाडौं ९ भदौ। सत्तारुढ दल नेकपा सचिवालयको बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । दुई अध्यक्ष रहने पार्टी विधान अनुसार विगत १५ महिना अघि अध्यक्ष बनेका पुष्पकमल दाहाल प्रचण्डले पहिलो बैठकको अध्यक्षता गर्नुभएको हो ।
यस अघिका हरेक बैठकको अध्यक्षता प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुन्थो। उपचारका लागि लामो समय सिंगापुरमा रहनुपर्ने भएपछि सचिवालयको पछिल्लो बैठकले अब अध्यक्ष प्रचण्डले समेत बैठक संचालन गर्ने निर्णय गरेको थियो । सचिवालयको आजको बैठकमा पार्टी एकतासँग जोडिएका बाँकी काम अघि बढाउने विषयमा छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्