काठमाडौं ८ साउन । सभामुख देवराज घिमिरेले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनसँग भेट गरेका छन्। काठमाडौंमा सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको छ। ...