ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एप्पलको बजार पुँजी तीन ट्रिलियन डलर बढी


ABC NEWS
१६ असार २०८०, शनिबार   ४ : ००   बजे

न्युयोर्क एजेन्सी, १६ असार । विश्वको अग्रणी प्रविधि कम्पनी एप्पलको बजार मूल्य अहिले तीन ट्रिलियन (तीन लाख करोड) डलर नाघेको छ । यसरी एप्पल बजार पुँजीकरण तीन ट्रिलियन डलरभन्दा बढी हुने विश्वको पहिलो कम्पनी बनेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार शुक्रबार एप्पलको शेयरमा २.३ प्रतिशतले वृद्धि भएको छ । शुक्रबार यसको मूल्य १९३.९७ डलर पुगेको थियो।

यो उछालका कारण एप्पलको बजार पुँजीकरण ३.०४ ट्रिलियन डलर नाघेको छ । भर्चुअल रियालिटीमा प्रयोग हुने नयाँ उत्पादन ‘भिजन प्रो’ पछिल्लो समय कम्पनीको सेयर मूल्य बढ्नुको कारण हो । यसअघि गत वर्ष जनवरीमा कम्पनीको मूल्य तीन खर्ब डलर नाघेको थियो । यद्यपि बजार बन्द हुँदा यो स्तर तल गएको थियो । त्यसपछि कम्पनीको सेयर निरन्तर ओरालो लागेको थियो । यस वर्षको सुरुमा एप्पलको बजार पुँजीकरण दुई ट्रिलियन डलरमा झरेको थियो । एप्पल कम्पनीको स्थापना अप्रिल १, १९७६ मा स्टीव वोज्नियाक र रोनाल्ड वेनले स्टिभ जब्सले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीबारे प्राविधिक प्रतिवेदन सार्वजनिक, बिहान ९:०५ बजे तिब्बततर्फबाट ठूलो बाढी प्रवेश भएको सूचना

रसुवा–नुवाकोटमा फेरि ठूलो बाढी आउने हल्ला निराधार : बाढी पूर्वानुमान महाशाखा

सम्बन्धित

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu