चितवन, १२ मङ्सिर । माडीमा हात्तीको आक्रमणबाट आज दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बस्ने ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया त्रिष्णाकाली पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिउँसो घरबाट घाँस काट्नका लागि रिउखोलातर्फ जाने क्रममा उनीहरुलाई जङ्गली ...