काठमाडौं,१८ साउन । नेदरल्यान्ड्सविरुद्ध दोस्रो एकदिवसीय खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ। नेदरल्यान्ड्सको भिआरए मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। भिआरए मैदानमा घाम लागेको छ भने तापक्रम २६ डिग्री सेल्सियस रहेको छ। यसअघि बुधबार भएको पहिलो एकदिवसीय खेलमा नेपाललाई नेदरल्यान्ड्सले ५५ रनले पराजित गरेको थियो। नेपालले ...