काठमाडौं, ५ पौष । प्रधानमन्त्री प्रचण्ड जाने भनिएको क्रिसमस फेस्टिभलमा उनको प्रतिनिधित्व गर्दै पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराती आफ्नै बोलीका कारण विवादमा तानिएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड नै आउने कार्यक्रम भए पनि क्याबिनेट बैठकपछि समेत व्यस्त हुने ...