काठमाडौं, १२ असार । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिथोलिएको राजनीतिको निकास ताजा जनादेशबाट मात्र सम्भव भएको बताउनु भएको छ । शनिबार रुपन्देहीको बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले लोकतन्त्रको प्राण निर्वाचन भएकोले निर्वाचनको लागि सबै जुट्न आग्रह गर्नुभयो । ...