काठमाडौं, ११ असोज । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछि मुलुकमा आर्थिक समृद्धिका लागि कृषि, पर्यटन र उर्जा बलियो आधार भएको बताउनुभएको छ । ‘तनहुँ–काठमाडौँ इन्टल्याक्च्युअल डेमोक्रेटिक सोसाइटी नेपाल’द्वारा आज राजधानीमा आयोजित दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले काङ्ग्रेसले ...