काठमाडौं ३१ चैत । भारतको आन्ध्र प्रदेशअन्तर्गत अनकापल्ले जिल्लामा रहेको पटाका कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। आगो निभाउन पुगेका दमकलकर्मीहरूले आगलागीका कारण केही व्यक्ति गम्भीर घाइते पनि भएको बताएका छन्। राज्यका मुख्यमन्त्री चन्द्रबाबु नायडुले सामाजिक सञ्जालमा लेख्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। ...