जनकपुर, २८ वैशाख । नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धनुषा जिल्लाको जनकपुर आइपुग्नुभएको छ । एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी आज बिहान १०ः४५ बजे जनकपुर विमानस्थलमा आइपुग्नुभएको हो । उहाँलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं २ का ...