धनुषा, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि आज जनकपुर आउँदै हुनुहुन्छ । मोदी भारतीय सेनाको हेलिकप्टरबाट बिहान सवा १० बजे जनकपुर आउने कार्यक्रम छ । जनकपुरमा उहाँले जानकी मन्दिरमा विशेष पूजा गर्नुहुनेछ । त्यसपछि ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा उहाँको अभिनन्दन एवं ...