ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घ्याङफेदी दुर्घटना : २० जनाको सनाखत (नामसहित)


एबीसी न्यूज
२९ मंसिर २०७५, शनिबार   ११ : ३९   बजे

नुवाकोट, २९ मङ्सिर।  दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १५ जनाको काठमाडौँमा उपचार भइरहेको छ ।

दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपु जाँदै गरेको बा३ख ३९१३ नंको मिनीट्रक दुप्चेश्वर–१ घ्याङडाँडामा दुर्घटना भएको थियो । घटनास्थलमै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा घ्याङफेदी सिसिपुकी २७ वर्षीया विभिमाया तामाङ, १४ वर्षीया सीता तामाङ, ३६ वर्षीया सुनश्री तामाङ, २४ वर्षीय शुकराम तामाङ, ३९ वर्षीय सोनम लामा, ५५ वर्षीय टोकले तामाङ, २२ वर्षीय मङ्गले तामाङ, ४४ वर्षीय आइत तामाङ, ४० वर्षीय सेल्वोन तामाङ, ६० वर्षीय खाम्सुङ तामाङ, ३२ वर्षीय रिवल तामाङ, २० वर्षीय भीमबहादुर तामाङ, ४३ वर्षीय मिङमार तामाङ, ३७ वर्षीय छोवाङ सोनाम तामाङ, ३४ वर्षीय लक्ष्मण तामाङ, ४६ वर्षीय वीरबहादुर तामाङ, २० वर्षीय कृष्ण तामाङ, ५० वर्षीय मीनबहादुर तामाङ, ४५ वर्षीय सुने लामा र शिखरबेँसीका १५ वर्षीय रितेश पण्डित रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

मिनीट्रक दुर्घटनामा परी उपचाररत घाइतेमा घ्याङफेदीको सिसिपुकै २२ वर्षीया छिरिङ तामाङ, ४० वर्षीय रामबहादुर तामाङ, १७ वर्षीय रामु तामाङ, २६ वर्षीय साहिला तामाङ, २३ वर्षीय शिरमेन्दो तामाङ, सावित्री तामाङ, यारिमेन्दो तामाङ, ३८ वर्षीय मुइजित तामाङ, ४९ वर्षीय वीरबहादुर तामाङ, ३८ वर्षीय लक्ष्मण तामाङ, ३३ वर्षीय चन्द्रबहादुर तामाङ, २६ वर्षीय शुकराम तामाङ, रामभक्त थापा, मानबहादुर तामाङ र ९ महीनाकी नाबालिका रहेका छन् ।

मिनीट्रक सडकदेखि करीब ५०० मिटर तल तादीखोलामा खसेको प्रहरीले जनाएको छ । शिखरबेँसीको सिम्टाङमा मृत्यु भएको आफन्तको घेवामा सहभागी भएकाहरुलाई लिएर जाँदै गरेको मिनीट्रक दुर्घटनामा परेको हो ।

दुर्गम भएको कारण घाइतेको उद्धारमा समस्या भएको थियो । स्थानीय उद्धारकर्ताले मिनीट्रकमा पठाएका बिरामीलाई बीच बाटोबाट एम्बुलेन्समा हालेर उपचारका लागि दुर्घटना भएको पाँच घण्टापछि राजधानी पठाइएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा (बहुमत) का नेता गुणराज लोहनी निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

सम्बन्धित

उत्तरगया गाउँपालिकाका जनप्रतिनिधि ज्ञानु विक सम्पर्कविहीन

रक्षाबन्धनमा बहिनी खोज्दै शवगृह पुगेका दाजु, भाइको खोजीमा कविता

भोटेकोशी बाढी : ५९७ जनाको शव फेला, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाका ९३४ जना सम्पर्कविहीन

पोखरामा ‘द फायर ग्याङ’को नाममा धम्क्याएर रकम असुल्ने दुई जना पक्राउ

निजामती सेवाकी पहिलो नेपाली महिला मीना रोका : संघर्ष, साहस र प्रेरणाको अविस्मरणीय यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu