काठमाडौं २५ माघ । सरोकारवालाहरूले सरकारले राष्ट्रिय सभामा पेस गरेको सामाजिक संजाल विधेयक २०८१ फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । त्यससम्बन्धमा विधेयकको आवश्यकताका विषयमा सकारात्मक हुन सकिएपनि विधेयकमा प्रस्ताव गरिएका व्यवस्थाहरू संविधानका व्यवस्था प्रतिकूल भएको उनीहरूको भनाइ छ । बिहीबार नेपाल प्रेस युनियनको ...