काठमाडौं १३ माघ । नेपालबाट भारत पुगेका ५ बालबालिकाको उद्धार गरिएको छ। नेपाल(भारत सीमा क्षेत्र जोगवनी नाका भएर भारत पुगेका उनीहरूलाई भारतको बिहारबाट उद्धार गरिएको बालबालिका खोजतलास केन्द्र विराटनगर ले जनाएको छ। फिर्ता गरेर ल्याइएका बालबालिका सबै मोरङका हुन्। उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर १, ...