काठमाडौं २ माघ । समाजवादी मोर्चा नेपालले मोर्चा गठनको आश्यकता र औँचित्यता प्रष्ट्याउन यही माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बुधबार बसेको मोर्चाको बैठकले सो निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादृर विश्वकर्माले जानकारी दिए ...