काठमाडौं २७ साउन । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिमकोट(लिमी(लाप्चा सडक सधैँ चल्नसक्ने गरी निर्माण गरिने प्रतिबद्धता जनाएका छन्। लिमीवासीसँगको भेटमा अर्थमन्त्री पौडेलले सिमकोट(लिमी(लाप्चा सडकलाई महत्व दिएर सम्पन्न गर्ने बताएका हुन्। नेपालको सबैभन्दा ठूलो गाउँपालिका नाम्खामा पर्ने लिमी उपत्यकाबाट मानसरोवरको दर्शन गर्न सकिन्छ। अहिले प्रयोग ...