काठमाडौँ, २५ चैत । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दा नचलाउने महान्याधिवक्ता कार्यालयको निर्णयलाई राजनीतिक सौदाबाजीको विषय नबनाउन आग्रह गरेका छन् । महान्यायाधिवक्ता बनेको १०० दिनको काम कारबाहीबारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले राहदानी प्रकरण महान्यायाधिवक्ताको कार्यालयले प्रमाणहरूको ...