सम्पादकीय: लोकतन्त्र भनेको कागजी विधान वा आवधिक निर्वाचनको कर्मकाण्ड मात्र होइन, यो शक्तिपृथकीकरण र संस्थागत मर्यादाको जीवन्त अभ्यास हो। तर पछिल्लो समय राज्य सञ्चालनको तौरतरिका हेर्दा नेपालको लोकतान्त्रिक प्रणाली एउटा खतरनाक विन्दुमा उभिएको छ—जहाँ संविधानले परिकल्पना गरेको विधि र पद्धतिलाई पाखा लगाएर ‘व्यक्तिकेन्द्रित (प्रधानमन्त्री) हुकुम ...