रुकुमपूर्व, १० माघ — रुकुमपूर्वमा शुक्रबारदेखि निरन्तर परिरहेको भारी हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि सडक यातायात ठप्प भएको हो। यो अवरुद्धताका कारण काठमाडौंबाट रुकुमपूर्व तथा रुकुमपश्चिमतर्फ छुटेका दर्जनौं बसहरू बीच बाटोमै रोकिएका छन्। हिउँमा गाडीहरू फसेपछि यात्रुहरू ...