काठमाडौँ, ४ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात र दुर्व्यवहार नगरेको दाबी गर्नुभएको छ । उहाँले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै दुर्व्यवहार नगरेको स्पष्टीकरण दिनुभएको ...