काठमाडौँ, २३ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच वर्ष सरकार चलाउन नसकेको क्षमायाचना नगरी नेकपा एमालेलाई मत माग्ने आधार नभएको बताउनुभएको छ । पाँच वर्षका लागि जनमत पाएको पार्टीले सत्ता सञ्चालन गर्न नसकेकै कारण कांग्रेसको नेतृत्वमा सरकार बन्नु बाध्यात्मक अवस्था भएको उहाँले बताउनुभयो ...