काठमाडौं, ५ माघ । गाजा क्षेत्रमा १५ महिनादेखि युद्धरत इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्धविराम सम्झौता भएकोमा नेपालले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर गाजामा बन्धकहरूको रिहाइ र युद्धविराम सम्झौता भएकोमा स्वागत गरेको हो । मन्त्रालयले मध्यपूर्वमा भइरहेका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको पनि जनाएको ...