बर्दिवास, १७ माघ। महोत्तरीको उत्तरी क्षेत्रका किसान प्रांगारिक खेतीतर्फ आकर्षित भएका छन् । सघन तरकारीखेती गरिने बर्दिवास, गौशाला, भंगाहा, औरही र लोहारपट्टी नगरपालिकाका किसान प्रांगारिक खेतीतर्फ आकर्षित भएका हुन् । तरकारी, तेलहन, उखुलगायत नगदेबाली लगाउँदै आएका यहाँका किसानले प्रांगारिक मलको प्रयोगबाट पर्याप्त मात्रामा उत्पादन गर्दैआएका ...