एजेन्सी ,२८ भाद्र । सुडानको युद्धग्रस्त क्षेत्र डार्फरको पहाडी इलाकामा भारी वर्षापछि गएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको एक विद्रोही समूहले बुधबार जानकारी दिएको छ । गत सेप्टेम्बर ७ मा डार्फरको जेबेल मार्रा क्षेत्रको पहाडी इलाकामा ठुल्ठूला ढुङ्गासहितको पहिरो झरेका कारण घरहरु पुरिएका ...