काठमाडौँ, २१ माघ । पटक–पटक स्थगित हुँदै आएको सत्तारूढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे सुरू हुने छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले बैठक पटक–पटक सर्दै आएको छ । ...