मुम्बई : आईसीसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले दुई पटकको च्याम्पियन इंग्ल्यान्डलाई निकै कडा टक्कर दियो। मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा सम्पन्न रोमाञ्चक खेलमा नेपाल ४ रनले पराजित भयो। इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन ...