काठमाडौं २४ बैशाख । सर्वोच्च अदालतले अनलाइन तथा युट्युब च्यानल सिधाकुरालाई विवादित टेप उपलब्ध गराउने राजकुमार तिमिल्सिनाले पोलेका थप व्यक्तिलाई झिकाउने आदेश गरेको छ। न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासले एक हप्ताभित्र आरोपित थप व्यक्तिहरूलाई बयानका लागि अदालतमा उपस्थित गराउने आदेश गरेको ...