काठमाडौं ५ बैशाख । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ऐतिहासिक जननायक सलहेसको पवित्र भूमि, मधेश जनविद्रोहको उद्गम स्थल सिरहा र यस क्षेत्र वरपरका स्थानीय बासिन्दाहरुमा सामाजिक, सांस्कृतिक र आध्यात्मिक जागरण पैदा गर्न महायज्ञ महोत्सवबाट टेवा पुग्ने बताउनुभएको छ । उहाँले मधेश प्रदेशको सिरहा नगरपालिका–१४, खिरौना नवटोलीमा ...