काठमाडौं । संसद्मा सांसदहरूले उठाएका जनसरोकारका विषय सम्बन्धित मन्त्रालय र निकायबाट सम्बोधन भए–नभएको जानकारी दिने गरी सरकारले विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असार २६ गतेदेखि सुरु गरेको यो अभ्यासमार्फत संसद्मा उठेका प्रशासनिक तथा जनसरोकारका विषय सम्बन्धित मन्त्रालयमा पठाउने र त्यसको ...