ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई दशक विदेश बसेका गंगाराम बने स्वदेशमै रोजगारी दिने उद्यमी


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ७ : ३५   बजे

म्याग्दी । मालिका गाउँपालिका–१ निस्कोट डाँसा सिरदीका गंगाराम पौडेलले वैदेशिक रोजगारीमा बिताएको दुई दशकपछि स्वदेश फर्किएर सुरु गरेको व्यवसायबाट अहिले सात जनाले रोजगारी पाएका छन्।

४४ वर्षीय पौडेल २०५८ सालमा रोजगारीका लागि मलेसिया गएका थिए। त्यहाँ पाँच वर्ष पाँच महिना काम गरेपछि बहराइनमा एक वर्ष, कतारमा साढे चार वर्ष, संयुक्त अरब इमिरेट्सको आबुधाबीमा चार वर्ष र ओमानमा छ वर्ष काम गरे। करिब दुई दशक विदेशमा बिताएपछि उनी २०७६ सालमा नेपाल फर्किए।

विभिन्न देशमा काम गर्दै अवसर खोज्ने क्रममा उनको मनमा भने आफ्नै गाउँ फर्किएर व्यवसाय गर्ने सोच निरन्तर रह्यो। विदेशमा रहँदा परिवार र सन्तानबाट टाढा बस्नुपर्दाको अनुभवले उनको स्वदेश फर्किने चाहनालाई अझ बलियो बनायो।

‘हरेक दसैंमा गाउँ सम्झिन्थेँ, तिहारमा देउसीभैलोको आवाज सम्झिन्थेँ। सन्तान हुर्किरहेको खबर फोनबाट सुन्थेँ। बाबु भएर पनि छोराछोरीको बालापनसँगै हिँड्न नपाउनु सबैभन्दा ठूलो पीडा थियो,’ पौडेलले भने।

उनका जेठा छोरा २० वर्षका छन् र कक्षा १२ उत्तीर्ण गरिसकेका छन्। कान्छा छोरा १७ वर्षका छन् भने १२ वर्षीया छोरी कक्षा ७ मा अध्ययनरत छिन्।

‘विदेशमा पैसा कमाइयो, तर सन्तानको बाल्यकाल फेरि फर्केर आउँदैन रहेछ,’ पौडेलले भने।

रोजगारी खोज्न होइन, दिन व्यवसाय

नेपाल फर्किएपछि तत्कालीन मालिका गाउँपालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले विदेशबाट फर्किएका युवाले पुनः विदेश जानेभन्दा गाउँमै व्यवसाय सुरु गर्नुपर्ने सुझाव दिएका थिए। त्यही सुझावबाट आफू व्यवसायमा लागेको पौडेल बताउँछन्।

‘रोजगारी खोज्ने होइन, अब रोजगारी दिने मानिस बन्नुपर्छ भन्ने सल्लाह पाएँ,’ उनले भने।

२०७८ सालमा उनले दरवाङ बजारमा ‘प्रकृति मोटर पार्ट्स तथा वर्कसप’ सञ्चालनमा ल्याए। पश्चिम म्याग्दीका विभिन्न गाउँबाट दरवाङ हुँदै दैनिक सयौँ मोटरसाइकल आवतजावत गर्ने भएकाले मोटरसाइकल मर्मत र पार्टपुर्जाको आवश्यकता बढी रहेको उनले पहिचान गरे।

पहाडी भूगोल, उकालो–ओरालो र कच्ची सडकका कारण मोटरसाइकल बिग्रँदा सामान्य मर्मतका लागि समेत टाढा जानुपर्ने समस्या थियो। आवश्यक पार्टपुर्जा समेत सहजै नपाइने अवस्थालाई उनले व्यवसायको अवसर बनाए।

हाल उनको वर्कसपमा परिवारका तीन जनासहित चार बाह्य कर्मचारीले काम गरिरहेका छन्। व्यवसायले प्रत्यक्ष रूपमा सात जनालाई रोजगारी दिएको पौडेलले बताए।

स्थानीयलाई सहज

मोटरसाइकल मर्मत तथा आवश्यक पार्टपुर्जा एकै ठाउँमा उपलब्ध हुन थालेपछि पश्चिम म्याग्दीका स्थानीयलाई सहज भएको छ।

मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले गाउँपालिकाको कार्यालय अगाडि सञ्चालनमा रहेको व्यवसायले स्थानीयलाई ठूलो सुविधा दिएको बताए।

मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाले एक समय आफैँ रोजगारी खोज्दै विभिन्न देश पुगेका पौडेलले अहिले सात जनाका लागि रोजगारी सिर्जना गर्नु प्रेरणादायी भएको बताए।

विदेशमा दुई दशक बिताएर फर्किएका पौडेलको अनुभवमा स्वदेशमै व्यवसाय सञ्चालन गर्दा आम्दानीसँगै परिवार र समाजसँगै बस्ने अवसर पनि प्राप्त भएको छ। ‘विदेशमा पैसा कमाइयो, तर सन्तानको बाल्यकाल फेरि फर्केर आउँदैन रहेछ,’ उनले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विमानस्थलमा बगेका आँसु : रेमिट्यान्सको पछाडि लुकेको नेपाली परिवारको कथा

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सुदन किरातीले भने– ‘हर्क साम्पाङको कार्यशैली सच्याउनुपर्छ’

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

Energy Sector Donates Rs. 21M to PM Disaster Relief Fund

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu