ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्जुन चौपारीमा पहिलोपटक दुग्ध चिस्यान केन्द्र सञ्चालन


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ७ : २५   बजे

स्याङ्जा । अर्जुन चौपारी गाउँपालिका–१ बजारमा पालिकामै पहिलोपटक दुग्ध चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ। भैंसीपालक किसानलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले जन विकास साना किसान कृषि सहकारी संस्था लिमिटेडको पहलमा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो।

गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, प्रशिक्षण केन्द्र पोखराको ९० प्रतिशत अनुदान सहयोग र सहकारीको १० प्रतिशत साझेदारीमा केन्द्र सञ्चालनमा ल्याइएको हो। प्रशिक्षण केन्द्र पोखराले ४ लाख ७२ हजार ५ सय रुपैयाँ र सहकारीले ५२ हजार ५ सय रुपैयाँ लगानी गरेका छन्।

चिस्यान केन्द्रमा ५ सय लिटर क्षमताको मिल्क चिलिङ मेसिन जडान गरिएको छ। त्यस्तै मिल्क एनालाइजर, प्रिन्टर, मिल्क क्यान र सेन्ट्रिफ्युज मेसिनसमेत खरिद गरेर सञ्चालनमा ल्याइएको छ।

केन्द्रमा संकलन गरिएको दूधमा फ्याट र ल्याक्टोजको मात्रा परीक्षण गरी सोही आधारमा किसानलाई दूधको मूल्य निर्धारण गरिनेछ।

किसानलाई उत्पादनमा आधारित अनुदान

चिस्यान केन्द्र सञ्चालन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले किसानले दूध बिक्रीबाट कम मूल्य पाउने अवस्थाको क्षतिपूर्ति गर्न पालिकाले उत्पादनका आधारमा मासिक अनुदान दिने बताए।

उनका अनुसार सहकारीमार्फत उन्नत जातका भैंसी खरिद गर्दा लिएको ऋणको ब्याजमा ५० प्रतिशत अनुदानसमेत पालिकाले उपलब्ध गराउनेछ।

पालिकामा राज्यको सहयोगमा दुग्ध चिस्यान केन्द्रको भवन बने पनि लामो समय प्रयोगमा आउन नसकेको बताउँदै तिवारीले अब यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने बताए। चिस्यान केन्द्रलाई भविष्यमा डेरीका रूपमा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।

सहकारीको ऋणले बढ्यो भैंसीपालन

सहकारीका अध्यक्ष खडानन्द पौडेलका अनुसार सहकारीले किसानलाई ७ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएपछि भैंसीपालनमा आकर्षण बढेको छ। चिस्यान केन्द्र सञ्चालनमा आएपछि किसानले उत्पादन गरेको दूधको बजार व्यवस्थापनमा थप सहज हुने उनले बताए।

चिस्यान केन्द्र सञ्चालनको पहिलो दिन किसानबाट ४८.५ लिटर दूध संकलन भएको अध्यक्ष पौडेलले जानकारी दिए।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष रणबहादुर थापा, वडा नं. २ का अध्यक्ष धनबहादुर गुरुङ, वडा नं. ३ का अध्यक्ष शोभाकान्त काफ्ले, पालिका कृषि प्रमुख डोलराज गैरे, सहकारी ऋण उपसमिति संयोजक तारापति पौडेललगायतले दुग्ध उत्पादन र किसानको आयआर्जन बढाउन चिस्यान केन्द्रले सहयोग गर्ने बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विमानस्थलमा बगेका आँसु : रेमिट्यान्सको पछाडि लुकेको नेपाली परिवारको कथा

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सुदन किरातीले भने– ‘हर्क साम्पाङको कार्यशैली सच्याउनुपर्छ’

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

Energy Sector Donates Rs. 21M to PM Disaster Relief Fund

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu