काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरेर ल्याइएको करिब ७२ लाख २५ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा चीनबाट आएका एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। विमानस्थल सुरक्षा कार्यालयका अनुसार चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत नेपाल आएका झुसन नामक ...