भैरहवा, ८ । बुधबार हुन गइरहेको भैरहवा क्याम्पसको स्ववियु निर्वाचनमा ७ जना अध्यक्षले चुनावी प्रतिस्पर्धा गर्दैछन् । पूर्वनिर्धारित तालिका चैत्र ५ गते भएता पनि विद्यार्थीहरु र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि निर्वाचन हुन गइरहेको छ । स्ववियु निर्वाचनमा एमाले निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) एक्लै प्रतिस्पर्धामा होमिएको छ । चैत्र ५ गते निर्वाचन भएका देशभरका क्याम्पसमा अधिकांशमा प्यानलसहित निर्वाचन जितेको अनेरास्ववियुले सागर न्यौपानेको अध्यक्षतामा निर्वाचनमा होमिदा थप हौसिएको छ । सागर न्यौपानेको प्यानललाई स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएका भीम भण्डारीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै पारेर अनेरास्ववियुलाई समर्थन गरी चुनावी प्रचारमा लागेपछि न्यौपाने झन बलियो उम्मेदवार बनेका हुन् । यसैगरी न्यौपानेसँग राप्रपा निकटको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नेकपा माओवादीनिकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को संयुक्त प्यानलको अध्यक्ष मनिष ढकालले प्रतिस्पर्धा गर्दैछन् । अर्का उम्मेदवार अनुप द्वीवेदीलाई जनमत पार्टी निकटको विद्यार्थी जनमत संघ, जसपा निकटको समाजवादी विद्यार्थी युनियन स्वतन्त्र मधेसी युनियनले समर्थन गरेको छ भने देवानलाई लोसपा निकटको लोकतान्त्रिक विद्यार्थी संघ र नेपाली कांग्रेस ...