काठमाडौँ, १९ जेठ:कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा ऐक्यबद्धता जनाउँदै फ्रान्स सरकारले नेपाललाई चिकित्सा उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालका लागि फ्रान्सका राजदूत फ्रन्स्वाँ जाविये लेजेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । ...