चितवन, १० वैशाख । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गठित क्यान्सर सेवा समाजलाई चितवन इँटा उद्योग व्यवसायी सङ्घले शववाहन हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष नारायणप्रसाद सापकोटाले सोमबार एक समारोहका बीच शववाहनको साँचो अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा आचार्यले ...