काठमाडौं १८ फागुन । धादिङको सदरमुकाम धादिङबेसीमा भएको दुई दिने बागमती साहित्य महोत्सव सकिएको छ । अस्ति र हिजो भएको महोत्सवमा कला र साहित्यका विभिन्न विषयमा सर्जकसँग भलाकुसारी भएको थियो । महोत्सवले बागमती प्रदेशका कला, साहित्य, संस्कृति तथा सभ्यताको प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुर्याएको आयोजकले जनाएको ...