काठमाडौँ । दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ यही असोज १२ देखि खुला हुने भएको छ। यस वर्ष घटस्थापना असोज १७ गते परेको छ। शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिबीच भएको बैठकले यस्तो निर्णय गरेको हो। ...