काठमाडौं १५ साउन । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित सङ्घीय संसद भवन निर्माण कार्यप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । मङ्गलबार अनुगमनको क्रममा पहिलो पटक त्यहाँ पुग्नुभएको उहाँले थप गरिएको समयभित्र निर्माण कार्य सम्पन्न हुनेगरी निर्माण कम्पनीले काम नगरेपछि असन्तुष्टि व्यक्त गर्नुभएको हो । ...