काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार झापा जाने भएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि ओली पहिलोपटक झापा जान लागेका हुन्। ओली यसपटक झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए। निर्वाचन प्रचारप्रसारका क्रममा उनी लामो समय आफ्नो निर्वाचन क्षेत्रमा बसेका थिए। ...