विराटनगर, १४ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताउनुभएको छ । मुख्यमन्त्रीमा निर्वाचित भएपछि आज पहिलोपल्ट प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नयाँ पूर्वाधार नयाँ संरचना खडा गर्दै जाने र विकास तथा समृद्धिका ...